निर्णय निर्माणका HATS र यसका नविनतम अवधारणाको : चर्चा परिचर्चा

Chandra Prasad Timilsena
Updated . 7 min read . 0 comments

विषय प्रवेशः

निर्णयलाई सामान्य रुपमा विकल्पहरु विचको उत्कृष्टता छनौटको रुपमा लिने गरिन्छ । यो सही र गलत विचको छनौटको रुपमा रहने गर्दछ । यो दूई कार्ययोजना विचको सबल कार्य योजनाको चयनको रुपमा समेत रहने गर्दछ । निर्णयकर्ताको मुल्य र प्राथमिकताको आधारमा विकल्पहरुको पहिचान गर्ने र सर्वोत्तम विकल्पको छनौट गर्ने प्रक्रियाको रुपमा यसलाई लिएको देखिन्छ । कार्यको मार्गचित्र स्पष्ट गर्ने प्रक्रियाको रुपमा समेत निर्णय निमार्ण रहने गर्दछ । परिभाषित परिस्थितीको विश्लेषणका आधारमा कूनै काम के कसरी, कोद्वारा, कहिले गर्ने भन्ने विषयको निचोडमा पूगिने कार्य नै निर्णय निर्माण हो । समस्या समाधानका निमित्त अवलम्बन गरिने व्यवस्थापकिय अभ्यास, विकल्पको बाटो, सूचनाको संकलन र विश्लेषणको आधार, सर्वव्यापी प्रयोग र गतिशिल व्यवस्थापकिय कार्य भनि बूझन सकिन्छ । कूनै खास समस्याको समधान गर्नू वा लक्ष्य प्राप्ती गर्नू यसको प्रमूख कार्यको रुपमा रहन्छ । प्रक्रियागत रुपमा समस्याको पहिचान गर्नू, समस्याका सीमाहरुको पहिचान गर्नू, विकल्पको पहिचान गर्नू, विकल्पको विश्लेषण गर्नू, उक्तम विकल्प छनौट गर्नू, विकल्पको कार्यान्वय गर्नू र सो को पृष्ठ पोषण प्राप्त गर्नू निर्णय निर्माणको सैद्धान्तिक प्रक्रिया हो । यसलाई अधिकार प्राप्त अधिकारीले कूनै विषय, सवाल र समस्याका सम्बन्धमा दिएको आदेशको स्वरुपमा समेत लिने गरेको पाइन्छ । कूनै विवादास्पद विषयमा लिईएको निष्कर्ष, पक्ष वा विपक्षका जिकिरलाई प्रमाणका आधारमा छानविन गरी सत्यको पक्षमा गरिएको फैसलाको रुपमा समेत निर्णयलाई लिन सकिन्छ ।

Six Hats of Decision Making:

निर्णय निर्माण गर्दा मानिसको भूमिका कस्तो रहने वा निर्णयकर्ताको प्रवृतिमा आधारित रहेर Edward De Bono ले निर्णय निर्माणका Six Thinking Hats को विकास गरे जसलाई निर्णय कर्ताको फरक शैलीको निर्णय निर्माणमा ध्यान केन्द्रीत गर्ने गर्दछ । यसलाई देहाय बमोजिम चर्चा गर्न सकिन्छ ।

White Hats:

सूचना तथ्यांकहरु हेरेर मात्र decision गर्ने, तथ्य वा रेकर्डको आधारमा निर्णय लिने गर्दछ । यस्तो टोपीले निष्पक्ष निर्णय, तथ्याङमा आधारित निर्णय र बस्तुनिष्ठ निर्णय निर्माण गर्ने प्रवृतिको प्रतिनिधित्व गर्दछ ।

Red Hats:

आफ्नो अन्तरज्ञान, मनोवृत्तिमा आधारित भई, निर्णय लिने वा high risk, high return संग सम्बन्धित रहन्छ । जोखिमको विश्लेषण गर्दै जोखिम लिएपनि यस्तो दृष्टीकोणले त्यसको विश्लेषणको आधारमा प्रतिफलको समेत अपेक्षा गरेको हून्छन ।

Black Hats :

निर्णयले निम्त्याउन सक्ने समस्या, चुनौतीलाई परिणाम मध्यनजर गर्दै निर्णय गर्ने अवधारणा हो । यस अवधारणाले कूनैपनि निर्णयकर्ताले निर्णय लिदा नकारात्मक संभावनाहरुको विश्लेषण गरी यथास्थितिमा रही निर्णय लिने गर्दछन । यस्तो अवधारणाले भविष्यमा आउन सक्ने समस्याको सम्बोधनकोलागि वर्तमान समयमानै प्रयत्न गर्ने गर्दछन ।

Yellow Hats:

आशावादी निर्णयकर्ता, पर्ख र हेर रणनीति संग सम्बन्धित रहने, सकारात्मक परिणाम र फाइदामा ध्यान केन्द्रित गर्ने अवधारणा यस टोपीको रहेको देखिन्छ । अवसरको विश्लेषण, फाईदाहरुको विश्लेषण, आशावादी कार्यशैली यसको प्रमूख विशेषताको रुपमा रहेको हून्छन । संभावनालाई उजागर गरि अगाडी वढनू यसको प्रमूख उदेश्य रहेको देखिन्छ ।

Green Hats:

रचनात्मकता, सिर्जनात्मक विकल्पहरु, प्रस्तावहरु माध्यमद्वारा अगाडि बढनुपर्दछ । आलोचना वास्ता नगर्दै अगाडि बढन तर्फ ध्यान दिने, नया विचार, विकल्प र सम्भावना तर्फ ध्यान दिई फराकिलो सोचका साथ निर्णय गर्ने अवधारणा यस टोपीको रहेको देखिन्छ ।

Blue Hats:

नियन्त्रणात्मक सोच कुनै पनि कुराको सकारात्मकता वा नकारात्मकता दुवै हेर्ने समग्र पक्षको अध्ययन गर्दै निष्कर्षमा जानुपर्दछ भन्दछ । यो उपयुक्त Hats को रुपमा रहन्छ । निर्णय प्रक्रियालाई व्यवस्थापन गर्ने, निर्णयमा पूग्नकालागि सबै प्रक्रिया वा चरणहरु अवलम्बन गरी अगाडी वढन यो अवधारणा केन्द्रीत रहेको देखिन्छ ।

निर्णय निर्माणका नविनतम अबधारणा र प्रयोग्ः

निर्णय निर्माणका नविनतम अवधारणाले निर्णयलाई दिगो,सहभागिता, कार्यान्वय सहजता, जिम्मेवारपुर्ण निर्णय निर्माण, प्रभावकारी र प्रविधिमैत्री निर्णय निमार्ण एवम निर्णय निर्णयमा तिव्रताको अवस्था सृजना गर्दछन । यस्ता केही अवधारणा नेपालमा भने कार्यान्वयनको चरणमा समेत रहेको देखिन्छ । निर्णय निर्माणको क्षेत्रमा  पार्दूभाव भएका अवधारणा र सो को प्रयोगका विषयमा देहाय बमोजिम चर्चा गर्न सकिन्छ ।

सृजनात्मक निर्णय निर्माण (Creative Decision Making):

सोच, विकल्प र नविनतम प्रगतिशिल सोच विचारहरुलाई प्रयोग गरी समस्या समाधान गर्न प्रयोग गरिने निर्णय निर्माणको अवधारणा नै सृजनात्मक निर्णय निर्माण हो । परम्परागत दृष्टीकोणमा रहेका सीमित विकल्प र नीति नियम संगत निर्णय भन्दा पर रही नया विकल्प खोज्ने शैलीको रुपमा यो रहेको हून्छ । मौलीक र व्यवहारीक विचार प्रयोग गरेर लिईने निर्णयको रुपमा यस्तो प्रकारको निर्णय निर्माणको अवधारणालाई लिने गरेको पाइन्छ । कठिन र जटिल समस्या समाधानका लागि नया विकल्प, प्रक्रिया र विधिको विकास गर्ने अवधारणाको रुपमा यस्तो अवधारणा रहेको हून्छ । नेपालको सार्वजनिक क्षेत्रमा भने यस्तो प्रकारको मोडेल अवलम्बन गरिएको देखिदैन ।

रणनीतिक निर्णय निर्माण (Strategic Decision Making):

कूनैपनि संस्था, व्यक्ति वा निकायको दिर्घकालीन कार्यदिसा निर्देश गर्न अवलम्बन गरिने निर्णय निर्माण नै रणनैतीक निर्णय निमार्ण हो । उच्च तहको व्यवस्थापनद्धारा अध्ययन, विश्लेषण पश्चात लिईने यस्तो निर्णयले संस्थाको भविष्यको सूनिश्चीतता गर्दछ । दिर्घकालीन प्रभाव रहने भएकाले यस्ता निर्णयले संस्थालाई दशकौ सम्म प्रभाव पार्दछ । ठूलो मात्रामा साधनको विनियोजन आवश्यक रहने, वाह्य वातावरण केन्द्रित रहने, एउटा निर्णयले अर्को निर्णयलाई प्रत्यक्ष प्रभाव पार्ने प्रकृतिको रह्नछ । नेपालको सार्वजनिक क्षेत्रमा उच्च तहको व्यवस्थापन छनौटमा रणनीतिक योजना निर्माण परीक्षमको रुपमा लिने, रणनीतिक योजना निमार्ण मार्फत कार्य सम्पादन गर्ने र रणनीतिलाई टार्गेटको रुपमा लिने प्रवृति रहेको देखिन्छ ।

अनूभवमा आधारित निर्णय निर्माण (Heuristic Decision Making):

निर्णय निमार्णमा तिव्रताका निमित्त कूनै पनि व्यक्तिले छोटो उपायहरु खोज्ने, सामान्य नियमहरुलाई अबलम्बन गरी निर्णय गर्ने एवम विशेष गरी विगतका अनूभवहरुलाई आधारमानी निर्णय निर्माण गर्ने प्रक्रिया हो । सिमित क्षमता र उपलब्ध जानकारीको आधारमा निर्णय निर्माण गर्ने कूरामा यस अवधारणाले जोड दिन्छ । विशेष परिस्थितिमा जानकारीमा हूने सिमिततका बाबजुत पनि तूरुन्त निर्णय लिने मान्यताको रुपमा यो मान्यता रहेको हून्छ । तत्काल निर्णय गरिने भएकाले यस्तो निर्णय निर्माणमा गल्ती तथा कमि कमजोरी हूने संभावना समेत प्रसस्त रहेको हून्छ ।

विवेकपुर्ण निर्णय निर्माण (Rational Decision Making):

निर्णयकर्तालाई समस्या समाधानकालागि विकल्पको प्रयाप्तता रहनू र विकल्पको संभावित परिणामको मूल्याङकन गरी वस्तुनिस्ठ, यथार्थ र तर्कसंगत निर्णय निमार्ण गर्न अवलम्बन गरिने अवधारणानै विवेकपुर्ण निर्णय निर्माण हो । यस अवधारणाले निर्णय निमार्णका लागि समस्या पहिचानलाई प्राथमिकता दिई निर्णयले लिन खोजेको उदेश्य स्पस्ट गर्ने अवधारणाको आत्मसाथ गर्दछ । सीमित विकल्पको साटो सम्भावित र सवै विकल्पहरुको विश्लेषण गर्ने सवल र दूर्वल पक्षको विश्लेषण गर्ने, कूनै पुर्वाग्रह विना तर्क, तथ्य र उपलब्ध सुचनाका आधारमा निर्णय निमार्ण गर्ने तार्किक र व्यवस्थीत प्रक्रियाको रुपमा यस अवधारणालाई लिने गरिन्छ । यस्तो अवधारणा अबलम्बनका लागि नेपालका सार्वजनीक विविध प्रयासहरु गरेको देखिन्छ । वित्तिय विश्लेषण तथ्याङकमा आधारित निर्णय निमार्ण, निर्णय निर्माणका प्रक्रियालाई चरणवद्धरुपमा अवलम्बनको प्रयास समेत गरेको पाइन्छ ।

चरणवद्ध निर्णय निर्माण (Incremental Decision Making):

यो निर्णय निमार्णको यस्तो अवधारणा हो । जहा ठूला र रणनैतिक निर्णय निर्माण गर्नकालागि चरणवद्ध रुपमा स–सना निर्णय लिने गरिन्छ र क्रमिक रुपमा ठूलो निर्णय गरी समस्याको समाधान गरिन्छ । समस्याहरुलाई स–सानो ईकाइमा वर्गिकरण गरिने एवम हरेक इकाईको अलगै निर्णय गरि चूनौतिको सामना गर्न यस अवधारणाको प्रयोग गरिन्छ । निर्णयको कार्यान्वयन गरी सोको नतिजाको मूल्याङकन गरी सो मार्फत सिक्ने र पुनः समस्या समाधानको लागि प्रयत्न गर्ने गरिन्छ । अनावश्यक स्रोत साधनको दूरुपयोगको नियन्त्रण गर्दै हरेक चरणमार्फत सीकाई गर्ने अवधारणाको रुपमा यो अवधारणा रहने गर्दछ । नेपालको सार्वजनिक क्षेत्रमा यस्तो निर्णय निर्माणको कार्य एष्यित एबिल मार्फत सम्पादन गरिने हरेक क्रियाकलापमा अवलम्बन गरिएको पाइन्छ ।

नैतिक निर्णय निर्माण (Ethical Decision-Making):

कूनै पनि निर्णय निर्माणको कार्य गर्दा नैतिक मूल्य मान्यता, व्यवस्थापकिय नैतिकता, नैतिक सिद्धान्तहरु, संस्थागत मूल्य मान्यता एवम स्थापित आचारसंहितालाई ध्यानदिई गरिन्छ, भने त्यस्तो अवधारणालाई नैतिक निर्णय निर्माण भनिन्छ । यसले कूनै कूराको सहि र गलत ठम्याई पश्चात सोको समाधानको प्रयास गर्दछ । इमान्दारीता, नैतिकता, जिम्मेवारी, निष्पक्षता, सत्यको आधारभुत विषयहरुलाई आधारको रुपमा लिई नैतिक निर्णय निर्माण गरिन्छ । नेपालको सन्दर्भमा विधिको शासन जस्ता अवधारणाले यसको अवलम्न गरेपनि निर्णयमा व्यक्तिगत पुर्वाग्रह जस्ता कारणले यसको र्पुण रुपमा अवलम्बन गर्न नसकिएको अवस्था देखिन्छ ।

व्यावहारात्मक निर्णय निर्माण प्रक्रिया (Behavioural Decision Making):

निर्णय निर्माण कार्य गर्दा मानिसलाई मनोवैज्ञानीक, सामाजिक र भावनात्मक कारकतत्वले प्रभाव पार्ने गर्दछ । मानिसको निर्णय निर्माण प्रक्रियामा तर्कसंगतताको सीमितता रहने गर्दछ । मानिसले जहिले पनि सीमिततामा वा उपलब्धतामा मात्र निर्णय गर्दछ । तथ्यहरु केलाउने तर्फ मानिसको कम मात्रामा मात्र ध्यान जाने गर्दछ भन्ने अवधारणा नै व्यवहारात्मक निर्णय निर्माण प्रक्रिया हो । कूनै कूराको प्रतिनिधिको आधारमा सजिलै मु्ल्याङकन गर्ने र सोही आधारमा आफ्नो धारणा बनाउने कार्य यस्तो दृष्टीकोणले समेटेको हून्छ । नेपालको सार्वजनिक क्षेत्रमा प्राय निर्णय यस्तो अवधारणाको अवलम्बन गरेर गर्ने गरिन्छ । जून मनोवि१ान र उपलब्ध सुचना तथा तथ्याङकमा वढी निर्भर हूने गर्दछ ।

सर्व सम्मत निर्णय निर्माण (Consensus Decision-Making):

प्रजातान्त्रीक निर्णय प्रक्रियाको रुपमा रहेको यस अवधारणाले कूनै पनि विषयवस्तु संग अन्तरसम्बन्ध राख्ने सम्पुर्ण सरोकारवालको सहमति र सबै पक्षको राय वा विचार विमर्सलाई समावेश गरि निर्णय लिने कूरामा जोड दिन्छ । सहभागिता मूलक निर्णय निर्माणको रुपमा समेत रहने भएकाले यो निर्णय कार्यान्वयको उत्कृष्ट अवधारणाको रुपमा रहने गर्दछ । निर्णय निर्माणमा सृजनाहूने विवाद तथा असन्तोषलाई न्यूनीकरण गर्ने प्रयत्न स्वरुप यस पद्धतिको अवलम्बन गर्ने गरिन्छ । सामूहिक हित संरक्षण र सम्बद्र्धनका निमित्त निर्णय गरिने, समावेशीता, सहकारीता र सहकार्य जस्ता विषय वस्तूलाई आत्मसाथ गरिएको अवधारणानै सर्वसम्मत निर्णय निर्माण हो । नेपालको सार्वजनिक क्षेत्रमा यसलाई प्रजातान्त्रीक निर्णय निर्माणको रुपमा प्रयोग गरिरहेको पाईन्छ ।

उपसंहार,

निर्णय निमार्ण समग्र व्यवस्थापकिय क्रियाकलापको अभिन्न, निरन्तर र अपरिहार्य तत्वको रुपमा रहेको देखिन्छ । नेपालको सार्वजनिक क्षेत्रमा निर्णय निर्माणमा Top Down Approach अवलम्बन गरिएको, निर्णय गर्दा फित्ता साहीको असर रहेको, निर्णय निर्माणमा Kitchen Cabinet & Green Room Effect को प्रभाव रहेको, दवाब र प्रभावमा निर्णय गरिने गरिएको,MIS को प्रयोग गरि निर्णय गर्ने पद्धति नरहेको, विधिलाई भन्दा व्यक्तिलाई बढी ध्यान दिने प्रवृति रहेको, उच्च व्यवस्थापनको निर्णय निर्माणमा हावी रहने अवस्था रहेको, कूनै पनि निर्णयमा तालूकवाला मन्त्रालयको आसय भाव कूर्ने परम्परा रहेको, सामूहिक निर्णय निमार्ण र प्रजातान्त्रीक प्रणालीको अवलम्बन नगरिएको जस्तो अवस्था विद्यमान रहेको देखिन्छ । यसको समाधानकोलागि प्रजातान्त्रीक प्रणाली अवलम्बन, नविनतम अवधारणाको आवश्यकताको आधारमा अबलम्बन, पक्षगत विश्लेषणका आधारमा मात्र निर्णय निर्माण, विवेकपुृर्ण निर्णय निर्माण प्रक्रियाको अवलम्बन, निर्णय भन्दा सोको कार्यान्वयन पक्षको विश्लेषण गरी निर्णय गर्ने, निर्णयको अग्र र पृष्ठ प्रभावको पुर्वविश्लेषण गर्ने,MIS र AI को प्रयोग गर्ने जस्ता माध्यम मार्फत व्यवस्थापकिय उत्कृष्टता हासील गर्न सकिने कूरामा दूईमत रहदैन ।

सन्दर्भ सामाग्रीः
तिमिल्सेना,चन्द्र, खनाल,अजय बैकिङ दृष्टिकोणः राष्ट्रिय बाणिज्य बैंक लि. तह ६ सहायक प्रवन्धक परीक्षा अभिरुचिः जे.बि. पब्लिकेशन, र्कीतिपुर काठमाण्डौ ।
तिमिल्सेना,चन्द्र, खनाल,अजय,( आठौँ संस्करण) राष्ट्रिय वाणिज्य बैंक परिक्षा दर्पण तह ४ र ५ः जे.बि. पब्लिकेशन, र्कीतिपुर काठमाण्डौ ।
राष्ट्रिय पत्रपत्रिकामा आउने बैंकिङ सम्बन्धि लेख रचनाहरु ।
www.nrb.gov.np
www.rbb.com.np
https://chat.openai.com
www.prasasan.com
https://aistudio.google.com/

The Author

Chandra Prasad Timilsena Contribution: 1 article Total articles written

More Articles

Leave a Reply